
महिला स्वास्थ्य स्वयम्सेविकाहरुका लागि शिशुहरुको दाँतको स्याहार सम्बन्धी कार्यक्रम
डेण्टिस् विदाउट् बोर्डरस्को आर्थिक सहयोग तथा परफेक्ट डेण्टल केयर एण्ड मल्टीस्पेस्यालीटी सेन्टर र नेपाल ग्रामीण विकास समाज केन्द्र ९ल्च्म्क्ऋ०,विराटनगरको संयुक्त आयोजनामा विराटनगरमा २ दिन सम्म मोरङका ६ गाविसका ५४ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुका लागि शिशुहरुको दाँतको स्याहार सम्बन्धी कार्यक्रमहरु सम्पन्न गरिएको थियो । मिति २०७२ जेष्ठ ३० र ३१ गते विराटनगरको होटल स्वागतममा कार्यक्रम संचालन गरिएको थियो । दुई दिनको अवधिमा जम्मा ७२ जनाको सहभागिता रहेको थियो । आयोजक संस्था नेपाल ग्रामीण विकास समाज केन्द्रका सभापति मणिकुमार अज्र्यालको अध्यक्षता, प्रमुख अतिथि सहयोगी सस्थाकी डा. लिना इर्वी, अतिथि तथा प्रशिक्षकहरु डा.सुजन रिजाल, डा.धिरेन्द्र गिरी, डा.निधी गिरीको उपस्थिति रहेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका परिवारनियोजन अधिकृत तोयानाथ घिमिरे, जनसम्पर्क तथा सूचना अधिकारी उत्सव पोखरेल र जनस्वास्थ अधिकृत शिवनारायण यादवको पनि उपस्थिति रहेको थियो । उक्त दुई दिने कार्यक्रममा पहिलो दिन बुधनगर, कटहरी र भातिगछ र दोश्रो दिन टंकिसिनुवारी, झापाबैजनाथपुर र भौडाहाका गरि जम्मा ५४ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुको सहभागिता रहेको थियो ।