
Day Care center ( ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र ) Morang
नेपाल ग्रामीण विकास समाज केन्द्रद्धारा सञ्चालित
ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र परिचय
पृष्ठभुमि :
स्वदेश तथा विदेशमा रहनुहुने परोपकारी कोमल मनका धनि सम्पूर्ण व्यक्ति, संस्था तथा महानुभवहरु, नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी) नेपाल सरकारको प्रचलित नियम कानून अनुसार विधिवत् रुपमा दर्ता भएको मानवकल्याणकारी तथा मुनाफारहित सामाजिक संस्था हो । यस संस्थाले विगत लामोसमयदेखि समाजिक रुपान्तरणका क्षेत्रमा विविध कार्यहरु गर्दै आएको छ ।
बुढिगंगा गाउँपालिका वडा नं. ३ (साविकको टंकिसिनुवारी गाविस) आदर्श टोल बाँसबारीको सामुदायिक स्वास्थ्य केन्द्र उत्तरको २ कट्ठा जग्गा भित्र भवन निर्माण भई ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा रहेको छ । सो केन्द्रको समुद्घाटन प्रदेश नं. १ का प्रदेश प्रमुख मानीय सोमनाथ अधिकारी ‘प्यासी’ ज्युबाट २०७६ मंसिर २० भएको थियो । ज्येष्ठ नागरिकहरुका लागि साझा थलोको रुपमा, दिउँसाको समयमा भेटघाट तथा चियापानको व्यवस्था गरी उनीहरुको हक, हित संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले स्थापना गरिएको यस भवनमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन भई दैनिक रुपमा ५० देखि १०० जना सम्म ज्येष्ठ नागरिकहरुको उपस्थिति हुने गरेको छ । यस केन्द्रको सञ्चालन तथा व्यवस्थापनका लागि संस्थाले छुटै “ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, सञ्चालन तथा व्यवस्थापन विनियम २०७६” तयार गरी सोही बमोजिम कार्यहरु गर्दै आएको छ ।
दिवा सेवा केन्द्र सञ्चालनका उद्देश्यहरु ः
यस केन्द्रको मुख्य लक्ष्य भनेको बुढीगंगा गाउँपालिका (साविक टंकीसिनुवारी गाविस) मा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र खोली त्यहाँ ज्येष्ठ नागरिकहरुको नियमित भेटघाट गर्ने साझा चौतारीको रुपमा मिलन केन्द्र खोल्ने हो
- ज्येष्ठ नागरिकहरु बीच दैनिक रुपमा भेटघाट गर्ने साझा चौतारीको रुपमा दिवा सेवा केन्द्र निर्माण गर्ने,
- ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी वहाँहरुप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने प्रकारका क्रियाकलापहरु दैनिक रुपमा संचालन गर्ने,
- पत्रपत्रिका, पुस्तक लगायतका समाग्रिहरु उपलब्ध गराई अध्ययन केन्द्रको रुपमा विकास गर्ने,
- मनोरञ्जन, खेल, व्यायाम, योगशिविर, भजनकिर्तन, अध्ययन गर्ने लगायतका कियाकलापनहरु संचालन गर्ने वातावरण बनाउने,
- ज्येष्ठ नागरिकहरुका लागि जीविकोपार्जन हुने प्रकारका कियाकलापहरु तथा उद्यमशिता विकास हुने खालका कार्यहरु गर्ने,
- ज्येष्ठ नागरिकहरुले दैनिक जीवनमा ध्यान दिनु पर्ने खानपान, व्यायाम र व्यवहारको विषयमा छलफल गराउने र अनुभवहरु आदान प्रदान गर्ने,
- ज्येष्ठ नागरिकहरुलाई आवश्यक पर्ने सुझाव सल्लाह उपलब्ध गराउन लागि साझा सूचना केन्द्रको व्यवस्था गर्ने,
- हालको भवनले चर्चेको जग्गा बाहेकमा नयाँ भवनको निर्माण गरी ज्येष्ठ नागरिकहरुको लागि विशेष सहयोग हुने प्रकारको कार्यक्रम सञ्चालन गर्ने,
- ज्येष्ठ नागरिकहरुसँग सम्बन्धीत दिवसहरु समय सान्र्दभिकता अनुसार मनाउने,
- विभिन्न चार्डवार्डहरु दशैतिहार, नयाँ वर्षहरुमा शुभकामना आदान प्रदान कार्यक्रमहरु संचालन गर्ने
- दिवासेवा केन्द्रमा नियमित रुपमा त्यहाँ आउने ज्येष्ठ नागरिकहरुका लागि चिया, नास्ता, मौसम अनुकुलका फलफूलहरु उपलब्ध गराउने ।
भावी योजना ः
नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडिएससी) मुनाफा रहित सामाजिक संस्था भएकोले यसले गर्ने कार्यहरु मुनाफा रहित र सेवामुलक हुने हुन्छ । यस संस्थाको उद्देश्य अनुसार स्थानीय स्तरको सहभागितामा विभिन्न क्रियाकलापहरु संचालन गर्दै जानेछ ।
१. ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई विस्तार गर्दै अन्य क्षेत्रहरुमा पनि संचालन गरिने छ ।
२. भविष्यमा यसै क्षेत्रमा छुट्टै अर्काे ज्येष्ठ नागरिक मैत्री भवन निर्माण गरि त्यसलाई अभिभावक सेवा घर
(प्यारेन्स केयर होम) निर्माण गरिने छ ।
३. सो भवनमा निःशुल्क रुपमा स्तरिय स्वास्थ्य सेवाहरु, थेरापि, तालिमहरु उपलब्ध हुनेछ ।
४. राज्यबाट उपलब्ध हुने सेवा सुबिधाहरुको पहुँचका लागि मध्यस्ता गर्ने र सेवा सुबिधासम्म पहुँच
पु¥याउन मद्दत गर्ने,
सहयोगका लागि अपिल :
बुढिगंगा गाउँपालिका वडा नं. ३ (साविकको टंकिसिनुवारी गाविस) आदर्श टोल स्थीत २ कट्ठामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र संचालन गर्ने पवित्र उद्देश्यका साथ भवन निर्माण गर्न सुरु गरेको यहाँहरु माझ सहर्ष जानकारी गर्न पाउँदा हामी अत्यन्तै खुशि भएका छौं । ज्येष्ठ नागरिकहरुको हक, हित संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यका साथ थालिएको भवन निर्माणमा यहाँको सानो सहयोगले ठुलो योगदान पुग्ने भएकोले यहाँहरु समक्ष सहयोगका लागि हार्दिक अपिल गर्दछौं ।
धन्यवाद ।
नेपाल ग्रामीण विकास समाज केन्द्र परिवार ।
सहयोगका लागि :
नेपाल ग्रामीण विकास समाज केन्द्र, विराटनगर
Nepal Rural Development Society Center (NRDSC)
सिद्धर्थ बैंक लि., विराटनगर
खाता नं. : ००३१५१०९५७४
मणि कुमार अज्र्याल (सभापति)
सम्पर्क नं. : ९७७–९८५२०२७९३२