
ज्येष्ठ नागरिक सम्बन्धी कार्यक्रम: Jestha Nagarik
ज्येष्ठ नागरिक सम्बन्धी कार्यक्रम:
विराटनगर उपमहानगरपालिकसँगको सहयोग तथा सहकार्यमा संस्थाले मिति २०७१ अषाढ महिनामा विराटनगर क्षेत्रभित्र ज्येष्ठ नागरिक सम्बन्धी कार्यरत संघ÷संस्थाहरुको स्थलगतरुपमा अध्ययन, अवलोकन तथा भ्रमण गरि सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणको प्रतिवेदन विराटनगर उपमहानगरपालिकामा पेश गरिएको थियो । उक्त सर्वेक्षण पश्चात ज्येष्ठ नागरिक सम्बन्धी कार्यरत संस्थाका प्रतिनिधिहरु, सामाजिक संस्थाका प्रतिनिधिहकरु, सरोकारवालाहरु तथा संचारकर्मी सहितको दुई दिने गोष्ठी मिति २०७१ अषाढ २८ र २९ गते सगरमाथा पार्टि प्यालेस, विराटनगरमा संचालन भएको थियो । गोष्ठीमा ज्येष्ठ नागरिक सम्बन्धी ३ वर्षे कार्य योजना तयार गरिएको थियो । उक्त कार्यक्रमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ तथा ज्येष्ठ नागरिक सम्बन्धी नियमावली, २०६८ बने पनि यस ऐनले उनीहरुको अधिकारको प्रभावकारी संरक्षण गर्न नसकेको कुरा वक्ताहरुले प्रस्टाएका थिए ।