
ज्येष्ठ नागरिक प्रति गरिने दुव्यर्वहार विरुद्धको ११ औं विश्व चेतना दिवस
नेपाल ग्रामीण विकास समाज केन्द्र विराटनगरको आयोजना तथा विराटनगर उप–महानगरपालिकाको सहयोगमामा ज्येष्ठ नागरिक प्रति गरिने दुव्यर्वहार विरुद्धको ११ औं विश्व चेतना दिवसको अवसरमा मिति २०७३ असार १ गते (१५ जुन २०१६) बुधवारका दिन महेन्द्र होटलको सभा हल विराटनगरमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा ६३ जना (महिला १३ जना र पुरुष ५०) को सहभागीता रहेको थियो । ज्येष्ठ नागरिकहरु प्रति हुने दुव्यर्वहार, अपमानका घटना विभिन्न रुपमा दिनहुँ घटिरहेका छन् । सम्पत्तिको लागि आफ्नै सन्तान, हकवाला, अंशियार र अन्यबाट पनि ज्येष्ठ नागरिक दुव्र्यवहारको शिकार भैरहेका छन् । ज्येष्ठ नागरिक माथि हुने गरेको दुव्र्यवहारको भरपर्दाे तथ्यांक सरकार सँग पनि नरहेको अवस्था छ । यस्तो परिस्थितिमा प्रत्येक वर्ष विश्व भरी जुन १५ का दिन ज्येष्ठ नागरिक प्रति गरिने दुव्र्यवहार विरुद्धको विश्व चेतना दिवस आयोजना गरिएको थियो । ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३, नियमवाली २०६८ को बारेमा बहस गर्ने, ज्येष्ठ नागरिक प्रति गरिने दुव्यबहार विरुद्धको सचेतना जगाउने, ज्येष्ठ नागरिक प्रति गरिने दुव्यबहारलाई निरुत्साहित गर्दै दवाव सृजना गर्ने र विषय विशेषज्ञबाट कार्यपत्र प्रस्तुत गर्दै खुल्ला छलफल गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता श्री मणिकुमार अज्र्याल (संस्थाका सभापति), प्रमूख अतिथि श्री गोपाल प्रसाद रेग्मी (कार्यकारी अधिकृत, विराटनगर उप–महानगरपालिका), अतिथि कोषराज नेउपाने (राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय), अतिथि रामप्रसाद खतिवडा (पूर्व प्रशासक), अतिथि तथा कार्यपत्र प्रस्तोता रण बहादुर कटुवाल (उप–रजिष्ट्रार पुनरावेदन अदालत मोरङ), अतिथि प्रा.डा.भेषप्रसाद धमला, अतिथि शुशिला अधिकारी (महिला तथा बालबालिका कार्यालय, महिला विकास निरीक्षक) लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वगत मन्तव्य नेपाल ग्रामीण विकास समाज केन्द्रका उप–सभापति भुवनेश्वर मण्डलबाट भएको थियो । कार्यक्रमको उद्देश्य माथि प्रकाश र कार्यपत्र प्रस्तुती मणिकुमार अज्र्यालले गर्नु भएको थियो । कार्यक्रममा पुनारावेदन अदालतका उप–रजिष्ट्रार रण बहादुर कटुवालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको उद्घोषण तथा संचालन नेपाल ग्रामीण विकास समाज केन्द्रका योजना तथा कार्यक्रम अधिकृत राजु श्रेष्ठबाट भएको थियो । कार्यक्रममा प्रमुख अतिथि, अतिथि र सहाभागिहरु मन्तव्य, खुल्ला सम्वाद, कार्य पत्र प्रस्तोताहरुको भनाई र अन्त्यमा समापन गरिएको थियो ।