
सूचनाका हक सम्बन्धी क्षेत्रीय कार्यशाला
राष्ट्रिय सूचनाआयोग, काठमाण्डौं, एक्सनएड नेपाल क्षेत्रीय कार्यशाला नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडिएससी) विराटनगर र विराटनगर, फोरम फर पार्टिसिपेटरी डेमोक्रेसी विराटनगरको संयुक्त सहकार्यमा “सूचनाको हक सम्बन्धी क्षेत्रीय कार्यशाला” विराटनगरको होटल एशियाटिक, एयरपोर्ट रोडमा आयोजना भएको थियो । संविधानमा नागरिकको मौलिकहकको रुपमा व्यवस्था गरिएको सूचनाको हक कार्यान्वयन गर्न गराउनका लागि गर्नु पर्ने कामकाबारेमा सूचनाको हकको क्षेत्रमा क्रियाशिल २३ जिल्लाका ७१ जना अभियान्ताहरुसँग अनुभव, सुझाव, अवसर र चुनौतिहरुको बारेमा छलफल र सम्वाद गर्ने उद्देश्यका साथ कार्याशालाको आयोजना गरिएको थियो । नेपालको संविधान २०७२ को धारा २७ मा सूचनाको हकलाई मौलिकहकको रूपमामा व्यवस्था गरेको छ भने, मुलुकमा २०६४ साल भादौ ३ गतेदेखि सूचनाको हकसम्बन्धी ऐन,२०६४ लागू भइसकेको छ । ऐन कार्यन्वयन गर्ने उद्देश्यका साथ ऐनद्धारा स्थापित छुटै स्वतन्त्र निकाय राष्ट्रिय सूचना आयोग पनि रहेको छ । तर राष्ट्रिय सूचना आयोगले अपेक्षित रुपमा कार्य गर्न नसकेको व्यापक रुपमा जनगुनासो रहेको अवस्था छ । यस सन्दर्भमा सूचनाको हकको संरक्षण र सम्वद्र्धनकालागि केहि पहल र प्रयास भएतापनि कार्यान्वयनको अवस्था भने सन्तोषजनक नरहेको अवस्थामा यस्तो कार्यशाले निकै ठूलो प्रभाव पार्ने एक्सन एड नेपालका कार्यक्रम संयोजक विष्णु पौडेले बताउनु भयो । सो कार्यशालाबाट राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटासँग स्कापबाट प्रत्यक्ष सम्बाद गर्दै ८ बुँदे ज्ञापन पत्र जारी गरेको थियो ।