जेष्ठ नागरिकहरुलाई सम्मान
जेष्ठ नागरिकहरुलाई सम्मान
नेपाल ग्रामिण बिकास समाज केन्द्र मोरङ र टंकिसिनवारी गाबिसले त्याहाका जेष्ठ नागरिकहरुलाई बुधबार (आज) सम्मान गरेको छ ।
जिबिस मोरङको सहयोगमा एक कार्यक्रमको आयोजना गरि ९० बर्ष भन्दा माथिका ३० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । ९० देखी १०४ बर्षसम्मका जेष्ठ नागरिकहरुलाई जिविसका योजना अधिकृत डमरुबल्लभ बराल, सामाजिक बिकास अधिकृत लक्ष्मी धिमाल र केन्द्रका अध्यक्ष मणिकुमार अज्र्याल लगायतले दोसल्ला, फुलको माला तथा अबिर लगाई सम्मान गर्नु भएको थियो । उनीहरुलाई जनही २ सय रुपैयाका साथै प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा जिविसका योजना अधिकृत बरालले जेष्ठ नागरिकहरुलको सम्मान तथा उनीहरुको सुरक्षा गर्नु राज्यको दायित्व भएको भन्दै यसका लागि पहल गर्ने आश्वासन दिनुभयो । उहाले जेष्ठ नागरिक ऐन २०६३ मा जिल्ला जेष्ठ नागरिक सरोकार समिति गठन भएपनि त्यसले सक्रियताका साथ काम गर्न नसकिरहेको भन्दै त्यसलाई सक्रिय बनाउने आश्वासन दिनुभयो । उहाले धेरै घरमा जेष्ठ नागरिकहरुमाथि घर परिवारबाट राम्रो ब्यवहार नभएको भन्दै त्यसलाई सुधार्न संस्कार बसाल्नुपर्ने बताउनुभयो ।
जिविसका सामाजिक बिकास अधिकृत धिमालले स्थानीय निकायले जेष्ठ नागरिकहरुका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेपनि त्यो पर्याप्त नभएको भन्दै आगामी दिनमा प्रभावकारी कार्यक्रम गर्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । केन्द्रका अध्यक्ष अज्र्यालले राज्यले जेष्ठ नागरिकलाई सम्मान स्वरुप दिएको बृद्धभत्ता समेत ब्यवस्थित हुन नसकेको गुनासो गर्नुभयो । उहाले जेष्ठ नागरिकहरुको हक अधिकार प्राप्तीका लागि काम गरिरहेका सवै संस्थाहरुबिच समन्वय हुनुपर्नेमा जोड दिदै त्यसका लागि जिविसले पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा केन्द्रका उपसभापति भुवनेश्वर मण्डल, गाविस सचिव बिनोद कुमार न्यौपाने, संघीय समाजबादी पार्टीका राजेश्वर बिश्वास, समाजसेवी चन्द्रशेखर न्यौपाने लगायतले बोल्नु भएको थियो ।