सम्मान कार्यक्रमः
सम्मान कार्यक्रमः
केन्द्रले सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्धेश्यले अठाह्रऔं वार्षिक साधारण सभामा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । सामाजिक सेवामा अतुलनीय योगदान पु¥याउनु हुने विराटनगर उपमहानगरपालिका वडा नं. १६ पाञ्चाली निवासी विराटेश्वर वृद्धाश्रमका अध्यक्ष श्री जगत प्रसाद अज्र्याल तथा विराटनगर उपमहानगरपालिका वार्ड नं. ३ तीनपैनी निवासी नेपाल रेडक्रस सोसाईटी मोरङ्गकी श्री मीना जोशीलाई सामाजिक क्षेत्रमा पु¥याउनु भएको योगदानहरुको उच्च मूल्याङ्कन तथा कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि मोरङ्ग जिल्लाका तत्कालिन प्रमुख जिल्ला अधिकारी श्री सुरेश अधिकारीज्यूबाट दोसल्ला ओढाई सम्मान–पत्र प्रदान गरिएको थियो । त्यस्तै बीसौं वार्षिक साधारण सभाको अवसरमा सामाजिक संघ÷संस्थाहरुमा रहेर मानवीय तथा सामाजिक सेवामा पु¥याएको योगदानलाई उच्च मूल्याङ्कन तथा कदर गर्दै विराटनगर उपमहानगरपालिका निवासी ज्येष्ठ नागरिक सेवा समाजकी अध्यक्ष श्री अन्जु कार्की, पूर्वाञ्चल अनाथ आश्रमकी अध्यक्ष श्री सीता पोखरेल र भूवनेश्वरी आर्चायलाई कार्यक्रमका प्रमुख अतिथि तथा माननिय सभासद् अमृत अर्यालले दोसल्ला ओढाई सम्मान–पत्र प्रदान गरिएको थियो ।