
ज्येष्ठ नागरिक सम्बन्धी ऐन कानूनहरुको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाहरुको भूमिका सम्बन्धी कार्यशाला गोष्ठी ः
ज्येष्ठ नागरिक सम्बन्धी ऐन कानूनहरुको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाहरुको भूमिका सम्बन्धी कार्यशाला गोष्ठी ः
राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरको सहकार्यमा नेपाल ग्रामीण विकास समाज केन्द्र तथा ज्येष्ठ नागरिक संघ नगर समन्वय समिति विराटनगरको संयुक्त आयोजनामा ज्येष्ठ नागरिक सम्बन्धी ऐन कानूनहरुको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाहरुको भूमिका सम्बन्धी कार्यशाला गोष्ठी मिति २०७१ माघ २४ गते शनिबारका दिन सगरमाथा पार्टिप्यालेस विराटनगरमा सम्पन्न गरिएको थियो ।
उक्त कार्यशालामा पुनरावेदन अदालतका माननिय न्यायधिश श्रीमान किशोर सिलवाल ज्युको प्रमूख आतिथ्यतामा भएको थियो । विशेष अतिथि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष श्री डा.गौरीशंकर लाल दास रहनु भएको थियो । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक श्री कोषराज नेउपाने, नेपाल ग्रामीण विकास समाज केन्द्रका सभापति श्री मणिकुमार अज्र्याल लगायतको उपस्थिति रहेको थियो । कार्यशालाको अध्यक्षता ज्येष्ठ नागरिक संघ नगर समन्वय समितिका अध्यक्ष श्री अन्जु कार्की ज्यूले गर्नु भएको थियो । उक्त कार्यक्रममा वरिष्ट अधिवक्ता श्री चन्द्रमणि नेउपानेले अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।
सो एक दिने कार्यशालामा अन्य ज्येष्ठ नागरिक जिल्ला संघ मोरङ्गका समितिका पदाधिकारीहरु, ज्येष्ठ नागरिक संघ नगर समन्वय समितिका पदाधिकारीहरु, जिल्ला भित्र रहेर ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत संघ, संस्था तथा आश्रमहरुका प्रतिनिधिहरु, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सरकारी सेवाबाट अवकास प्राप्त ज्येष्ठ नागरिकहरु, ज्येष्ठ सामाजिक अगुवाहरु, यातयात व्यवसायीहरु, ज्येष्ठ कानुन व्यवसायीहरु, ज्येष्ठ प्राध्यापकहरु, अग्रज पत्रकार, अग्रज अधिकारकर्मीहरु, गैरसरकारी संस्थाका प्रतिनिधिहरु, महिला अधिकारकर्मीहरु, संयुक्त टोल नगर समन्वय समितिका पदाधिकारी, नागरिक समाजका प्रतिनिधि गरि जम्मा ५० जनाको सहभागिता रहेको थियो ।
जिल्लामा ज्येष्ठ नागरिक सम्बन्धी ऐन कानूनहरुको प्रभावकारी रुपमा कार्यान्वाय नभएकाले ज्येष्ठ नागरिकहरुको हक अधिकार सूनिश्चित गर्न सबै सरोकारवालाहरु सचेत र जागरुक हुन जरुरी भएको कुरा कार्यशालाका वक्ताहरुले राख्नु भएको थियो । बाबु आमाको सम्पत्ति माथी छोरा छोरीको अधिकार भए जस्तै छोरा छोरीको सम्पति माथी पनि बाबुआमाको अधिकार हुन जरुरी रहेको अनि बाआमाले कमाएको सम्पत्तिको इच्छाएको व्यक्ति दिन मिल्ने विल पद्धतिको विकास हुन जरुरी रहेको लगायतका अन्य धेरै विषयहरुको बारेमा अवधारणा प्रस्तोताले प्रस्तुत गर्नु भएको थियो । कार्यशालाको हलको भित्ताहरुमा ज्येष्ठ नागरिक सम्बन्धी भनाई तथा स्लोगनहरु पनि टाँसिएको थियो ।