जीवन भोगाइका प्रतिम्बहरु पुस्तक विमोचन तथा नव वर्ष २०७४ को शुभकामना आदानप्रदान कार्यक्रम
मोरङ्ग जिल्लाभित्रको विराटनगरमा रहेर विराटनगरको सामाजिक, राजनीतिक, व्यापारिक, कला र साहित्य लगायतका क्षेत्रमा विशिष्ट योगदान दिने ७० वर्ष माथिका २२ जना ज्येष्ठ तथा विशिष्ट व्यक्तित्वहरुको अनुभव र अनुभूतिहरुको संगालो “जीवन भोगाइका प्रतिबिम्बहरु” नामक पुस्तक प्रकाशन गरि पाठक सामु ल्याइएको छ । पुस्तक प्रकाशनका लागि मणिकुमार अज्र्यालको संयोजकत्वमा पुस्तक प्रकाशन मण्डल गठन गरिएको थियो । जसमा डा.भेषप्रसाद धमला, सुरेन्द्रराज भट्टराई, भुवनवेश्वर मण्डल, देवी बास्कोटा रहनु भएको थियो । पुस्तकको संकलन देवी बाँस्कोटाले गर्नु भएको थियो । सो पुस्तकलाई विराटनगरको कंचन्जङ्गा पार्टि प्यालेसमा एक कार्यक्रमको बीच विमोचन कार्यक्रम गर्नुका साथै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरियो । सो कार्यक्रमको मुख्य अथितिको रुपमा प्रा.डा.टंकप्रसाद न्यौपाने रहनु भएको थियो भने पुस्तकमाथीको समालोचना तथा समिक्षा प्रा.गङ्गाधर कट्टेलले गर्नु भएको थियो । उक्त कार्यक्रममा ६४ जनाको उपस्थिति रहेको थियो