वृद्धावस्था व्यवस्थापन तथा सचेतना तालिम : Training
वृद्धावस्था व्यवस्थापन तथा सचेतना तालिम :
विराटनगर उप–महानगरपालिका कार्यालय विराटनगरको सहयोगमा नेपाल ग्रामीण विकास समाज केन्द्र (ल्च्म्क्ऋ) विराटनगरको आयोजनामा ज्येष्ठ नागरिक सम्बन्धी दुई दिने वृद्धावस्था व्यवस्थापन तथा सचेतना तालिम मिति २०७१ चेत २८ र २९ गते शनिबार र आईतबारका दिन संस्थाको सभा हल विराटनगरमा सम्पन्न गरिएको थियो । उक्त तालिमको उद्घाटन सत्रको अध्यक्षता संस्थाका सभापति श्री मणिकुमार अज्र्यालले गर्नु भएको थियो । प्रमूख अतिथि विराटनगर उप–महानगरपालिका कार्यकारी अधिकृत श्री गोपालप्रसाद रेग्मी ज्यूबाट गमलामा रहेको विरुवामा पानी हाली कार्यक्रमको उद्घाटन गरिएको थियो । सो उद्घाटन सत्रमा विशेष अतिथि पूर्व प्रशासक रामप्रसाद खतिवडा, अतिथि एलिट कल्ब तथा नेरुडे लघुवित्त विकास बैंकका अध्यक्ष श्री डा. भेषप्रसाद धमला, अतिथि नेपाल रेडक्रस सोसाटीकी पूर्व सभापति श्री मिना जोशी, अतिथि पूर्वाञ्चल अनाथ आश्रमकी अध्यक्ष श्री सीता पोखरेलको उपस्थिति रहेको थियो । अथिति तथा पहिलो दिनको प्रशिक्षक श्री प्रकाश पोखरेल, विराटरनगर क्षेत्र भित्र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशिल संघ संस्थाको कार्यसमिति सदस्यहरु, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको उद्घोषण संस्थाका योजना तथा कार्यक्रम अधिकृत राजु श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा सहभागी, प्रशिक्षक तथा संस्था प्रतिनिधि गरि महिला २० र पुरुष ३० गरि जम्मा ५० जनाको उपस्थिति रहेको थियो ।
उद्घाटन सत्रमा बोल्ने क्रममा वक्ताहरुले अबको युग आधुनिकता तर्फ बढिरहेको हुनाले ज्येष्ठ नागरिकहरुले पनि समयसापेक्ष परिवर्तन हुनु पर्ने र आफ्नो व्यवस्थापन आफै गर्न सक्नु हुन जरुरी भएको बताएका थिए । आफ्ना सन्तानहरुलाई बाबाको चुम्मन र आमाको काखको मायाबाट नै हुर्के बढेका हुदाँ सन्तानले अभिभावक प्रतिको दायित्व विर्सन नहुने कुरा बताएका थिए । अभिभावकले आफ्नो पेट काटेर सन्तानको लालन पालन गरी हुर्काउने बढाउने गरेको भए पनि हाल नैतिक शिक्षाका कारण सन्तानले आफ्नो अभिभावक प्रति गर्नु पर्ने आदर सम्मान घट्दो मात्र भएको डा. भेषप्रसाद धमलाले व्यक्त गर्नुभएको थियो । रामप्रसाद खतिवडाले बोल्ने क्रममा आफुले आफुलाई परिवारमा कसरी स्थापित गर्ने, पानी खानेकुरा देखि अन्य आवश्यक कुराहरुलाई कसरी ध्यान दिने र दैनिक जिवनलाई आफैले कसरी सुखि बनाउने भन्ने विषयहरु यस तालिमबाट सिकिने कुरा व्यक्त गर्नुभयो । प्रमुख अतिथि तथा नगरपालिकाका कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मीले विराटनगर नगरपालिका छिटै नै मोतियाबिन्दु मुक्त क्षेत्र घोषणा गर्ने र ज्येष्ठ नागरिक मैत्री नगरको रुपमा निर्माण गर्ने सोच भएको जानकारी दिनु भएको थियो । यस प्रकारका तालिमले समाजमा ज्येष्ठ नागरिकहरुले कसरी आफ्नो व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा आफै जानकार भई आफ्नो व्यवस्थापन आफै गर्न सक्ने र समाजमा अरुलाई पनि यसको बारेमा जानकारी दिने सक्ने बनाउने बताउनु भयो । उद्घाटन सत्रका अध्यक्ष तथा संस्थाका सभापतिले यस तालिमको औचित्य तथा उदेश्य माथी प्रकाश पार्नुका साथैै तालिम सहभागिहरुलाई स्वागत गर्नु भएको थियो । त्यस्तै क्रममा संस्थाले हाल सम्म गरेका क्रियाकलापहरु, उपलब्धिहरु बताउनुका साथै भावी कार्ययोजनाको बारेमा जानकारी दिनु भयो ।
तालिम प्रशिक्षणका लागि दक्ष तथा अनुभव प्रशिक्षकहरु साकारात्मक सोच र व्यवहार परिवर्तन कला क्षमता विकासका विषयमा प्रकाश पोखरेल, टियु नर्सिङ्ग क्याम्पस विराटनगरकी पूर्व क्याम्पस प्रमुख मथुरा नेपालले स्वास्थ्य सुरक्षा र औषधि उपचारका घरेलु विधि बारेमा प्रशिक्षण गर्नु भएको थियो । त्यस्तै क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रमोद कोइरालले खाद्य सुरक्षा र हामीले दैनिक जिवनमा खानपानमा के कस्ता कुराहरु विचार गरेमा जीवनलाई दीर्घजीवन बनाउन सकिन्छ भन्ने विषयमा जानकारी गराउनु भएको थियो ।