
पण्डित उदयानन्द अर्ज्यालकाे बारेमा छलफल कार्यक्रम
शुक्रबार एलिट क्लब विराटनगरमा एक कार्यक्रमका बीच पण्डित उदयानन्द अर्ज्यालकाे बिषयमा छलफल गरियाे । वि.सं. १८१२ मा जन्मनुभएका अर्ज्याल नेपाली साहित्यमा प्रथम महाकवि तथा अादि कविका रहेकाे उदयानन्द प्रतिष्ठानका क्षेत्रीय संयाेजक कविराज नेउपानेले बताए ।
हाम्राे देशमा राज संस्था र उनीहरुकाे मात्रै ईतिहास अभिलेखित भएकाे पाईन्छ, उनीहरुका सफलताका पछाडीका व्यतित्वहरुकाे ईतिहास तेति पाईन्दैन । त्यस्ता व्यत्तिहरुकाे कला र याेगदानकाे अाजकाे पिढिले गर्नु पर्ने ध्रुव अर्ज्यालले बताए । पृथ्वीनारायण शाहाकाे समयमै विभिन्न काव्य, खण्ड काव्य लगायतका रचनाहरु प्रकाशित गर्नु धेरै ठूलाे ज्ञान भएकाे कुरा डा.प्रकाश अर्ज्याल ले बताए ।
दुई शताब्दी पहिले नेपाली साहित्यमा यस्ताे याेगदान पुर्याउने महाकवि, अादिकवि उदयानन्द अर्ज्यालकाे बारेमा जनजनमा जानकारी दिने अहिलेकाे पिढिसम्म पुर्याउन यस्ताे कार्यक्रम अावश्यक रहेकाे कुरा अायाेजक संस्थाका मणिकुमार अर्ज्याल ले जानकारी दिए । एलिट क्लबका अध्यक्ष डा भेष प्रसाद धमलाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विराटनगर बाैदिक, साहित्यिक र अन्य क्षेत्रका गरि ६० जनाकाे सहभागिता रहेकाे थियाे । नेपाल ग्रामीण विकास समाज केन्द्रकाे सहयाेग तथा उदयानन्द प्रतिष्ठान क्षेत्रीय समिति, विराटनगरकाे अायाेजनामा कार्यक्रम भएकाे थियाे ।